ड्राफ्ट फोल्डर
जिनोम पाठ सम्पादकले प्रत्येक बचत नगरिएको फाइल स्वचालित रूपमा बचत गर्नेछ । यो फोल्डर अनुप्रयोग डेटा डाइरेक्टरीमा अवस्थित छ (~/.local/share/gnome-text-editor वा सम्बन्धित फ्ल्याटप्याक फोल्डरमा)। तपाईंले सामान्यतया त्यो फोल्डरको बारेमा वास्ता गर्नु हुँदैन किनकि प्रत्येक ड्राफ्ट फाइल सधैं खुला मेनु मार्फत पहुँच योग्य हुन्छ।
तपाईँले जिनोम पाठ सम्पादकको शीर्षकमा ड्राफ्ट पहिचान गर्न सक्नुहुन्छ । यदि तपाईँको हालको कागजात बचत गरिएको छैन र ड्राफ्ट फोल्डरमा रहनेछ भने त्यहाँ उपशीर्षक 'ड्राफ्ट' छ ।